यहोशू 1:7-8
यहोशू 1:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
यहोशू 1:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
यहोशू 1:7-8 पवित्र बाइबल (NERV)
तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्। त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्।
यहोशू 1:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केवल भरोसा राख् र साहस गर् अनि मेरा सेवक मोशाले दिएका नियमहरू सबै पालन गर्ने निश्चय गर्। त्यसको कुनै भाग नछोड्नू र तँ जहाँ जान्छस्, त्यहाँ सफल हुनेछस्। व्यवस्थाको पुस्तक सधैँ पढ्ने गर्। रात-दिन त्यसमा ध्यान गर् र त्यहाँ लेखिएका हरकुरा पालन गर्। तब तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सफल हुनेछौ।