यहोशू 1:2-3
यहोशू 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा। मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु।
यहोशू 1:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्। मैले मोशालाई प्रतिज्ञा गरेझैँ, तैँले पाइला टेक्ने सबै भूमि म तँलाई दिनेछु।
यहोशू 1:2-3 पवित्र बाइबल (NERV)
“मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु। मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु।
यहोशू 1:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको सेवक मोशाको मृत्यु भएपछि उनका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, “मेरो सेवक मोशा मर्यो। तँ र सारा इस्राएल अब तयार होओ र यर्दन तरेर मैले तिनीहरूलाई दिन लागेको देशमा जाओ। मैले मोशालाई भनेझैँ तिमीहरूका पैतालाले कुल्चिने पूरा देश मैले तँलाई र मेरा सबै मानिसहरूलाई दिएको छु।