योना 4:10-11 - Compare All Versions
योना 4:10-11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले भन्नुभयो, “तैंले नस्याहारेको अथवा नउमारेको यस लौकाको लागि यति चिन्तित भइस्। एकै रातमा बढ़्यो, र एकै रातमा नष्ट पनि भयो। तर निनवे सहरमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्, र त्यसमा धेरै गाईबस्तुहरू पनि छन्। के मैले त्यस ठूलो सहरको निम्ति फिक्री नगरूँ?”
योना 4:10-11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले योनालाई भन्नुभयो, “त्यो बोट एकै रातमा उम्रियो र अर्को रातमा नष्ट भएर गयो। त्यसको निम्ति तैँले केही गरिनस्, तैँले त्यसलाई न रोपिस् न त उमारिस् र पनि तँ त्यसको निम्ति डाहा गर्छस् के त्योभन्दा धेरै दया मैले त्यो ठूलो सहर निनवेलाई नगर्नु र? त्यहाँ असल र खराब छुट्टयाउन नसक्ने १,२०,००० भन्दा पनि धेरै निर्दोषी मानिसहरू छन् र त्यति नै पशुहरू छन्।”
योना 4:10-11 NERV (पवित्र बाइबल)
तब परमप्रभुले भन्नुभयो, “हेर, त्यो बोटको निम्ति तैंले केहि पनि गरिनस्। तैले रोपेको पनि हैनस्। त्यो एकै रातमा उम्रियो र एकै रातमा ओइलाईहाल्यो अनि त्यो बोटको निम्ति सहानभूति अनुभव गर्छस्। यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरू अनि वस्तुहरूछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरूछन्, तिनीहरूले जान्दैनन् कि तिनीहरूले भूल गरिरहेका छन्।”
योना 4:10-11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले भन्नुभयो, “तैँले यस बोटको बारेमा चिन्ता गरिराखेको छस्, जसलाई न तैँले बढाउन हेरचाह गरिस्, न त तैँले यसलाई उमारेको होस्। यो बोट एकै रातमा उम्रेर बढ्यो र एकै रातमा नष्ट पनि भयो। अनि के मलाई त्यो ठूलो सहर निनवेको चिन्ता हुँदैन? जहाँ एक लाख बीस हजारभन्दा बढी मानिसहरू छन्, जसले आफ्नो दाहिने र देब्रे हात छुट्ट्याउन सक्दैनन्, र त्यहाँ धेरै पशुहरू पनि छन्।”