योना 1:1-3
योना 1:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो: “त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।” तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्पा सहर गए, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े।
योना 1:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको यो वचन अमित्तैका छोरो योनाकहाँ आयो: “त्यो ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्; किनकि त्यसको दुष्टता मेरो सामु आइपुगेको छ।” तर योना याहवेहदेखि भाग्न विपरीत दिशा तर्शीशतिर लागे। तिनी तल जोप्पा सहरमा गए, जहाँ तिनले तर्शीशतिर जाने एउटा जहाज भेट्टाए। जहाजको भाडा तिरे, र याहवेहदेखि भाग्न तिनी जहाजमा चढेर तर्शीशतिर लागे।
योना 1:1-3 पवित्र बाइबल (NERV)
परमप्रभु अमित्तैको छोरा योनासँग बोल्नुभयो। परमप्रभु भन्नुहुन्छ, “निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरूले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरूलाई ती नराम्रा कामहरू छोडिदेऊ भनी भन।” योनाले परमेश्वर को कुरा मानेनन्। यसकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन तर्शिशतिर जाँदै थियो। योनाले आफ्नो यात्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरू मानिसहरूसितै तर्शिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने।
योना 1:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन अमित्तैको छोरो योनासित परमप्रभु बोल्नुभयो। उहाँले भन्नुभयो, “त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्धमा बोल्। त्यहाँका मानिसहरू कति दुष्ट छन्, त्यो म जान्दछु।” तर योना परमप्रभुदेखि भाग्न विपरीत दिशातिर लागे। उनी योप्पा सहरमा पुगे र त्यहाँ तर्शीशमा जाने एउटा जहाज भेट्टाए। तर्शीश जानलाई भाडा तिरेर तिनी जहाजमा चढे। तर्शीशमा परमप्रभुदेखि टाढा हुनेछु भन्ने उनको विचार थियो।