योएल 3:1-2
योएल 3:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“ती दिनहरूमा र त्यसै बेला जब म यहूदा र यरूशलेमको सौभाग्य फर्काउनेछु, तब म सबै जाति-जातिहरूलाई भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा ल्याउनेछु। त्यहाँ मेरो प्रजा, अर्थात् मेरो निज उत्तराधिकारी इस्राएलको निम्ति, जसलाई उनीहरूले जाति-जातिहरूका बीचमा छरपष्ट पारे र मेरो देश भाग-भाग गरे— उनीहरूलाई म दण्ड दिनेछु।
योएल 3:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ती दिनहरूमा र त्यस समयमा, जब म यहूदा र यरूशलेमका समृद्धिहरू फर्काउँछु, तब म सबै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा तल ल्याउनेछु। त्यहाँ म तिनीहरूलाई परीक्षा गर्नेछु; किनकि तिनीहरूले मेरो उत्तराधिकार र मेरो जाति इस्राएललाई जेजस्तो गरे, तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूका बीचमा तितरबितर पारे; अनि तिनीहरूले मेरो देशलाई विभाजन गरे।
योएल 3:1-2 पवित्र बाइबल (NERV)
“हो, ती दिनहरूमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरूलाई फर्काएर ल्याउनेछु। म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरूलाई न्याय गर्नेछु। तिनहरूलेनै मेरो मानिसहरूलाई तितर-बितर परेका थिए। अन्य जातिहरूको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।
योएल 3:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “त्यस बेला म फेरि यहूदा र यरूशलेमको सौभाग्य फर्काइदिनेछु। सबै जातिहरूलाई जम्मा गरेर म न्यायको बेसीमा भेला गर्नेछु र त्यहाँ मेरो प्रजा इस्राएलमाथि तिनीहरूले गरेका कामको निम्ति न्याय गर्नेछु। तिनीहरूले मेरो प्रजा इस्राएलीहरूलाई छरपष्ट पारेर विदेशमा पुर्याए र मेरो देश इस्राएललाई भाग-भाग गरेर बन्डा लाए।