अय्यूब 4:4-6 - Compare All Versions
अय्यूब 4:4-6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ठक्कर खानेहरू तपाईंका वचनले सम्हालिए, र तपाईंले निर्बल घुँड़ाहरूलाई बल दिनुभयो। तर अब सङ्कष्ट तपाईंमाथि आइलाग्यो र तपाईं निरुत्साहित हुनुहुन्छ। यसले प्रहार गर्दा तपाईं हरेस खानुहुन्छ। के तपाईंको धर्म नै तपाईंको निम्ति भरोसा र तपाईंको निर्दोष जीवन तपाईंको निम्ति आशा हुनुपर्दैन र?”
अय्यूब 4:4-6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठक्कर खानेहरूलाई तपाईंका वचनहरूले सम्हाल्नुभएको छ; निर्बल घुँडाहरूलाई तपाईंले बलियो पार्नुभएको। तर अहिले तपाईंलाई सङ्कष्ट आइपरेको छ, र तपाईं निरुत्साहित हुनुभएको छ; यसले तपाईंलाई प्रहार गरेको छ, त्यसैले तपाईं भयभीत हुनुभएको छ। के तपाईंको भक्तिभाव नै तपाईंको निम्ति आत्मविश्वास र तपाईंको निर्दोष जीवन नै तपाईंको निम्ति आशा हुनुपर्ने होइन र?
अय्यूब 4:4-6 NERV (पवित्र बाइबल)
तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए। तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए। तर अहिले तिमीमाथि कष्टहरू आए अनि तिमी हतास भयौ। कष्टले तिमीलाई छुन्छ अनि तिमी हतास हुन्छौ। तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्।
अय्यूब 4:4-6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
दुर्बल भई ठोकर खानेहरू र थाकेकाहरूलाई तपाईंको वचनले साहस दिन्छ। यस घडी सङ्कष्टमा पर्ने तपाईंको पालो आयो। तपाईं व्याकुल हुनुहुन्छ र तिनको सामना गर्ने धैर्यता तपाईंसित छैन। तपाईंले परमेश्वरलाई पुज्नुहुन्छ र तपाईंको जीवन निर्दोष छ। यसकारण तपाईंले आशा र भरोसा गुमाउनुहुन्न।