अय्यूब 36:26-28
अय्यूब 36:26-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर कत्ति महान् हुनुहुन्छ त्यो हाम्रो समझभन्दा टाढ़ो छ, अथवा उहाँका वर्षहरू हाम्रो खोजीभन्दा पर छ। “उहाँले समुद्रबाट पानीको थोपा खिँच्नुहुन्छ, र आफूले बनाउनुभएको मेघबाट झरी बर्साउनुहन्छ। वृष्टिको मेघले मुसलधारा पानी बर्साउँछ, मानिस-जातिमाथि ती झरी भएर झर्छन्।
अय्यूब 36:26-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर कति महान् हुनुहुन्छ—हाम्रो समझशक्तिभन्दा बाहिर! उहाँका आयुका वर्षहरू पत्ता लगाउन असम्भव छ। “उहाँले पानीका थोपाहरू माथितिर खिँच्नुहुन्छ, जसलाई त्यसको बाफअनुसार झरीको रूपमा बर्साउनुहुन्छ। बादलले तिनीहरूको आफ्नो ओस पृथ्वीमा बर्साउँछन्, अनि मानिस जातिहरूमा प्रचुर झरी भएर बर्सिन्छ।
अय्यूब 36:26-28 पवित्र बाइबल (NERV)
हो, परमेश्वर महान् हुनुहुन्छ तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर कहिले देखि हुनुहुन्छ। “परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र बर्षामा परिवर्तन गर्नुहुन्छ। यसकारण बादलले पानी बर्षाउँछ अनि धेरै पानी मानिसहरूमाथि पर्छ।
अय्यूब 36:26-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले परमेश्वरको महान्ताबारे पूरा जान्न सक्दैनौं। उहाँको उमेरका वर्षहरू गन्न सक्दैनौं। परमेश्वरले पृथ्वीबाट पानी खिंच्नुहुन्छ र झरीका थोपाका रूपमा आकाशबाट वर्षाउनुहुन्छ। उहाँले मेघबाट झरी वर्षाउनुहुन्छ, सबै मानिस जातिलाई प्रचुर वर्षा दिनुहुन्छ।