अय्यूब 33:28-30
अय्यूब 33:28-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मेरो आत्मालाई मृत्युमा पर्नदेखि जोगाउनुभयो, र ज्योति उपभोग गर्न म अझै जीवित रहनेछु,’ “परमेश्वर यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— दुई पल्ट, तीन पल्ट पनि— मृत-लोकबाट त्यसको प्राण फर्काउन यसरी जीवनको ज्योति त्यसमाथि चम्कोस्।
अय्यूब 33:28-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले मेरो प्राणलाई तल मृत्युको खाडलमा जानदेखि छुटाउनुभएको छ, अनि म जीवनको ज्योतिमा रमाउनलाई जीवित रहनेछु।’ “परमेश्वरले यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— दुई पटक अथवा तीन पटकसम्म— तिनीहरूलाई मृत्युको खाडलबाट फर्काएर ल्याउनलाई, ताकि जीवनको ज्योति तिनीहरूमाथि चम्कन सकोस्।
अय्यूब 33:28-30 पवित्र बाइबल (NERV)
परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’ “परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ। त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई, ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग गर्न सकोस्।