अय्यूब 33:15-18
अय्यूब 33:15-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्त निद्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्ना ओछ्यानमा सुतेका हुन्छन्, तब परमेश्वर तिनीहरूको कानमा बोल्नुहोला, र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्छ। मानिसलाई त्यसको लापरवाही चालबाट सुधार्नलाई त्यसको अहङ्कार रोक्नलाई मृत-लोकबाट त्यसको प्राण बचाउनलाई र तरवारबाट त्यसको जीवन नाश हुनलाई रोक्नुहुन्छ।
अय्यूब 33:15-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सपनामा, रातको दर्शनमा, जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्, अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्; तब उहाँ तिनीहरूका कानमा बोल्नुहुन्छ, र चेताउनीहरूले तिनीहरूलाई त्रसित पार्नुहुन्छ, मानिसहरूलाई गलत काम गर्नदेखि फर्काउन र तिनीहरूलाई घमण्डदेखि टाढा राख्न, तिनीहरूलाई खाडलबाट जोगाउन, तिनीहरूको जीवनलाई तरवारबाट नाश हुनबाट जोगाउनुहुन्छ।
अय्यूब 33:15-18 पवित्र बाइबल (NERV)
हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्। तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्। परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ। परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ। परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।
अय्यूब 33:15-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राती मानिसहरू जब गहिरो निद्रामा परेका हुन्छन्, परमेश्वर तिनीहरूसित सपना वा दर्शनद्वारा बोल्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई आफ्ना वचन सुनाउनुहुन्छ, उहाँका चेतावनीहरू पाएर तिनीहरू डराउँछन्। मानिसहरूलाई आफ्नो दुष्कर्म छोड्न लाउनलाई र अहङ्कारी हुनदेखि रोक्नलाई परमेश्वर तिनीहरूसित बोल्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई नाश भएर जान दिनुहुन्न र मृत्युबाट जोगाउनुहुन्छ।