अय्यूब 24:22-24
अय्यूब 24:22-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले आफ्नो सामर्थ्यमा शक्तिशालीलाई पनि नाश गर्नुहुन्छ, तिनीहरू उठे तापनि तिनीहरूको जीवनको आशा हुँदैन। परमेश्वरले तिनीहरूलाई सुरक्षाको अभासमा रहन दिनुभए तापनि, उहाँले हरसमय तिनीहरूको चालमाथि आफ्नो नजर राख्नुहुन्छ। केही क्षणको निम्ति दुष्ट मानिस उचालिन्छ, त्यसपछि त्यो नाश हुन्छ, अरूहरूलाई झैँ त्यसलाई तल झारिन्छ र जम्मा गरिन्छ र काटेर राखेको अन्नको बालाझैँ त्यो ओइलाइहाल्छ।
अय्यूब 24:22-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्चयता हुँदैन। उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला, तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्। केही क्षणको निम्ति तिनीहरू उच्च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्; तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ; तिनीहरू अन्नका बालाहरू काटिएजस्तै काटिनेछन्।
अय्यूब 24:22-24 पवित्र बाइबल (NERV)
दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्। दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्। दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्। उसले आफैंमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्। नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन। तिनीहरू बाली काटे जस्तै काटिन्छन्।
अय्यूब 24:22-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले आफ्नो सामर्थ्यमा शक्तिमान्हरूलाई नाश गर्नुहुन्छ, परमेश्वरले काम गर्नुहुन्छ र दुष्टको मृत्यु हुन्छ। परमेश्वरले तिनीहरूलाई झूटो सुरक्षामा जिउन दिनुहुन्छ र हरेक समय तिनीहरूको चालमा नजर राख्नुहुन्छ। केही समयको लागि दुष्ट सप्रन्छ, तर त्यसपछि त्यो झारपात र काटेका अन्नको बालाझैँ ओइलिजान्छ।