अय्यूब 13:5-12
अय्यूब 13:5-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंहरू चूप लागी बसे ता हुनेथियो! चूप लागेकोले नै तपाईंहरू बुद्धिमान् ठहरिनुहुनेथियो! अब मेरो बहस सुन्नुहोस्, अनि मैले मेरो मामिला पेश गर्दा ध्यानसित सुन्नुहोस्। के तपाईंहरू परमेश्वरको पक्षमा भएर यसरी अप्रिय कुरा बोल्नुहुन्छ? अथवा उहाँको पक्षमा भएर तपाईंहरू झूटो कुरा साबित गर्नुहुन्छ? के तपाईंहरूले परमेश्वरको पक्ष लिनैपर्छ? अथवा उहाँको निम्ति मामिला पेश गर्नुहुन्छ? उहाँले तपाईंहरूको जाँच गर्नुहुँदा के सबै ठीकै पाइएला? के मानिसहरूलाई छक्क्याएझैँ तपाईंहरू उहाँलाई पनि छक्क्याउनुहुन्छ? मलाई झूटा दोष लाएर तपाईंहरूले उहाँको पक्ष लिनुभयो भने, उहाँले निश्चय नै तपाईंहरूलाई हप्काउनुहुन्छ। के परमेश्वरको महामहिमाले तपाईंहरूलाई भयभीत पार्दैन र? के उहाँको भयले तपाईंहरूलाई विह्वल पार्दैन? तपाईंहरूको सिद्धान्त त धूलो र खरानी मात्र हो, तपाईंहरूका सुरक्षा माटोजस्तै हुनेछन्।
अय्यूब 13:5-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तपाईंहरू चुप लागेर बसिदिनुभए त! यही नै तपाईंहरूको निम्ति बुद्धिमानी हुनेथियो। अब मेरो बहस सुन्नुहोस्; मेरा ओठका बिन्ती ध्यानसँग सुन्नुहोस्। के तपाईंहरू परमेश्वरको पक्षबाट झूटो बोल्नुहुनेछ? के तपाईंहरू उहाँको निम्ति छलपूर्ण कुरा गर्नुहुनेछ? के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ? के तपाईंहरूले परमेश्वरको निम्ति मुद्दाको बहस गर्नुहुनेछ? यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र? मानिसहरूलाई छल गरेझैँ के तपाईंहरूले उहाँलाई छल्न सक्नुहुन्छ र? यदि तपाईंहरूले गुप्तमा पक्षपात गर्नुभयो भने उहाँले तपाईंहरूलाई निश्चय नै हप्काउनुहुनेछ। के उहाँको महानताले तपाईंहरूलाई भयभीत पार्दैन र? अनि उहाँको डर तपाईंहरूमाथि आइपर्दैन र? तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्; तपाईंहरूका सुरक्षाहरू माटाजस्तै कमजोर छन्।
अय्यूब 13:5-12 पवित्र बाइबल (NERV)
म चाहन्छु तिमीहरू चूपचाप बस। त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ। “अब, मेरो तर्कमा ध्यान देऊ। म के भन्छु त्यसमा ध्यानदेऊ। के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ? के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झूटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ? उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ? के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा मामलामा बहश गर्ने चेष्टा गरिरहेका छौ? तिमीहरूले निष्पक्ष भएका छैनौ। यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने, के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ? जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ? यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ। परमेश्वरको महा-महिमाले तिमीहरूलाई भयभीत पार्नेछ। तिमीहरू उहाँदेखि डराउँछौ। तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्। तिमीहरूका बहशहरू बेकामे छन्।
अय्यूब 13:5-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंहरू चुप लागिबस्नु भए त मानिसहरूले बुद्धिमानी ठान्नेथिए! म मेरा मुद्दा पेश गर्दछु। मेरा कुरा ध्यानसित सुन्नुहोस्। के परमेश्वरको पक्षमा तपाईंहरूले झूट बोलेर उहाँलाई के लाभ हुन्छ? के तपाईं परमेश्वरको पक्षमा बोल्नुहुन्छ? के अदालतमा उहाँको पक्षमा तपाईंहरू बहस गर्नुहुन्छ? परमेश्वरले तपाईंहरूलाई राम्ररी जाँच्नुभए के उहाँले तपाईंहरूमा कुनै असल थोक पाउनुहुन्छ होला? के मानिसहरूलाई झैँ उहाँलाई पनि छक्याउन सक्नुहुन्छ होला? तपाईंले गुप्तमा पक्षपात गर्नुभयो भने पनि उहाँले तपाईंहरूलाई हप्काउनुहुनेछ र उहाँको शक्तिले तपाईंहरूलाई भयभीत पार्नेछ। तपाईंहरूका उखानहरू खरानीझैँ बेकम्मा छन् र तर्कहरू माटोझैँ कमजोर छन्।