अय्यूब 12:7-9
अय्यूब 12:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर गएर पशुलाई सोध्नुहोस् र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्, अथवा पृथ्वीसित बोल्नुहोस्, र त्यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्। परमेश्वरको आफ्नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैमध्येबाट कसले जान्दैन र?
अय्यूब 12:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्; अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्, तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्; अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ; अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्। यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी यीमध्ये कसलाई थाहा छैन र?
अय्यूब 12:7-9 पवित्र बाइबल (NERV)
“तर पशुहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई सिकाउने छन्। अथवा हावामा उड्ने चराहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई भन्नेछन्। अथवा पृथ्वीसँग बोल, त्यसले तिमीलाई भन्नेछ। अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान तिमीलाई बताउनेछ। प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।