यूहन्ना 9:2-3
यूहन्ना 9:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?” येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्।
यूहन्ना 9:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?” येशूले भन्नुभयो, “न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो।
यूहन्ना 9:2-3 पवित्र बाइबल (NERV)
येशूका चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?” येशूले उत्तर दिनुभयो, “यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्।
यूहन्ना 9:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरु, कसको पापले गर्दा यो मान्छे जन्मैदेखि अन्धो भएको हो? आमा-बुबाको पापले गर्दा हो कि उसको आफ्नै पापले गर्दा हो?” येशूले भन्नुभयो, “उसको आफ्नै पापले गर्दा पनि होइन र उसका आमा-बुबाको पापले गर्दा पनि होइन, तर परमेश्वरको काम उसमा देखियोस् भनेर नै ऊ अन्धो भएको हो।