यूहन्ना 6:66-69
यूहन्ना 6:66-69 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस बेलादेखि येशूका चेलाहरूमध्ये धेरैले उहाँलाई पछ्याउन छोडे। येशूले बाह्र चेलाहरूलाई सोध्नुभयो, “के तिमीहरू पनि मलाई त्यागेर जान्छौ?” तब सिमोन पत्रुसले भने, “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवन दिने वचन त तपाईंसँग छ। तपाईं नै परमेश्वरले पठाउनुहुने पवित्र जन हुनुहुन्छ भनी जानेर हामीले विश्वास गरेका छौं।”
यूहन्ना 6:66-69 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्न छोड़े। येशूले बाह्रैलाई भन्नुभयो, “के तिमीहरू पनि मलाई त्यागेर जाने?” सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
यूहन्ना 6:66-69 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्। तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?” सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। हामी विश्वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
यूहन्ना 6:66-69 पवित्र बाइबल (NERV)
जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे। येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?” शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ। हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”