यूहन्ना 5:19-24
यूहन्ना 5:19-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले त्यसै गर्छ। किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान् काम उहाँले पुत्रलाई देखाउनुहुनेछ, र तिमीहरू आश्चर्यचकित हुनेछौ। किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसलाई जीवन दिँदछ। किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ, ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ।
यूहन्ना 5:19-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ। किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ। किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ। यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ, ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन। “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।
यूहन्ना 5:19-24 पवित्र बाइबल (NERV)
तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ। “अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ। परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो। “म तिमीहरूलाई साँच्चो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्।
यूहन्ना 5:19-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसैकारण येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, पुत्रले आफ्नै तर्फबाट केही गर्न सक्दैन। पिताले जे गर्नुभएको देख्छ, उसले त्यही मात्र गर्छ। पिताले जे-जे गर्नुहुन्छ, त्यही नै पुत्रले पनि गर्छ किनभने पिताले पुत्रलाई माया गर्नुहुन्छ र आफूले गर्नुहुने सबै काम पिताले पुत्रलाई देखाउनुहुन्छ। अँ, पिताले पुत्रलाई अझै ठूला-ठूला कामहरू गर्न लगाउनुहुनेछ अनि तिमीहरू सबै छक्कपर्नेछौ। पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ किनभने पिता आफैंले कसैको न्याय गर्नुहुन्न। मानिसहरूले पिताको आदर गरेजस्तै पुत्रको पनि आदर गरून् भनेर पिताले न्याय गर्ने कामचाहिँ पुत्रलाई नै सुम्पिदिनुभएको छ। पुत्रको आदर नगर्नेले चाहिँ पुत्रलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। “अब म तिमीहरूलाई भन्छु, जसले मेरो कुरा सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, ऊसँग अनन्त जीवन हुन्छ। उसलाई दोषी ठहराइनेछैन, तर ऊ मृत्युदेखि जीवनमा सरिसकेको हुन्छ।