यूहन्‍ना 5:1-2 - Compare All Versions

यूहन्‍ना 5:1-2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेममा जानुभयो। यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्‍ड छ, जसलाई हिब्रू भाषामा बेथस्‍दा भनिन्‍छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 NNRV

यूहन्‍ना 5:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

केही दिनपछि यहूदीहरूको एउटा चाड आयो र येशू यरूशलेम जानुभयो। यरूशलेममा सहरभित्र पस्‍ने भेडा नाउँ गरेको ढोका छ र त्‍यसैको छेउमा पाँचतिर पाटी भएको पोखरी छ। यो पोखरीलाई हिब्रू भाषामा बेथेस्‍दा भनिन्‍छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 सरल नेपाली

यूहन्‍ना 5:1-2 NERV (पवित्र बाइबल)

त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो। यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहूदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेंडा़-ढोकाको नजीकमा छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 NERV

यूहन्‍ना 5:1-2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो। यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 NCV