यूहन्ना 21:24-25
यूहन्ना 21:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी ती नै चेला हुन्, जसले यी कुराका विषयमा गवाही दिँदछन्, र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौं कि तिनको गवाही साँचो छ। येशूले अरू पनि धेरै काम गर्नुभयो। तीमध्ये प्रत्येकको बारेमा लेखिने हो भने, मलाई यस्तो लाग्छ, कि तिनका विषयमा लेखिएका पुस्तकहरू संसारैभरि पनि अटाउने थिएनन्।
यूहन्ना 21:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी कुराको विषयमा साक्षी दिने, र लेख्ने चेला यिनै हुन्। अनि हामी जान्दछौँ, यिनको साक्षी सत्य छ। येशूले गर्नुभएका अरू पनि धेरै कामहरू छन्। यदि ती सबै एक-एक गरी लेखिएका भए मेरो अनुमानमा लेखिएका ती पुस्तकहरू संसारभरि पनि अटाउनेथिएनन् होला।
यूहन्ना 21:24-25 पवित्र बाइबल (NERV)
उही यो चेला हो जसले यस भनाईद्वारा साक्षी दिन्छ औ जसले यी लेखेका छन्। हामी जान्दछौ कि उसको गवाही सत्य छ। येशूले अरू पनि धेरै कामहरू गर्नु भएकोछ। ती विषयमा एक एक गरेर सबै लेखिए भने म सोच्दछु कि जो पुस्तकहरू लेखिन्छ ती यति अधिक हुनेछ कि सारा पृथ्वीमा त्यो अटाउने छैन।
यूहन्ना 21:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यही चेलाले नै यी सबै कुराहरू देखेर यहाँ साक्षी दिँदै छ, उनले नै यी कुराहरू पनि लेखे अनि उनको साक्षी साँचो हो भनी हामी जान्दछौं। अब येशूले अरू पनि धेरै कामहरू गर्नुभएको छ। ती सबै एक-एक गरेर लेखिने हो भने लेखिएका किताबहरू सारा संसारमा पनि अटाउँदैनन् होला।