यूहन्ना 20:21-23
यूहन्ना 20:21-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।
यूहन्ना 20:21-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाउनुभएझैँ, म पनि तिमीहरूलाई पठाउँदैछु।” त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्नुभयो, “पवित्र आत्मा लेओ। यदि तिमीहरूले कसैको पाप क्षमा गर्यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने ती क्षमा हुनेछैनन्।”
यूहन्ना 20:21-23 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।” यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”
यूहन्ना 20:21-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! जसरी मलाई मेरा पिताले पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।” त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुक्नुभयो र भन्नुभयो, “अब पवित्र आत्मा लेओ। जसको पाप तिमीहरूले क्षमा गरिदिन्छौ, त्यसको पाप क्षमा भएर मेटिनेछ, तर जसको पाप तिमीहरूले क्षमा गरिदिँदैनौ, तिनीहरूले क्षमा पाउँदैनन्।”