यूहन्‍ना 16:12-15

यूहन्‍ना 16:12-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ। जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो, त्‍यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। जे-जति पितासँग छन्, ती मेरा हुन्‌। यसैकारण मैले भनें, जे मेरो हो त्‍यो मबाट लिएर आत्‍माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 16 पढ्नुहोस्

यूहन्‍ना 16:12-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्; तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्‍नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ। जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिनुभएर उहाँले मेरो महिमा गर्नुहुनेछ। जे जति पिताका हुन्, ती मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।

शेयर गर्नुहोस्
यूहन्‍ना 16 पढ्नुहोस्

यूहन्‍ना 16:12-15 पवित्र बाइबल (NERV)

“मलाई अझ तिमीहरूसँग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ। तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ। सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासँग छन् ती सबै मेरा हुन्। त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।

शेयर गर्नुहोस्
यूहन्‍ना 16 पढ्नुहोस्

यूहन्‍ना 16:12-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुरा त धेरै थिए, तर अहिले योभन्दा बढी तिमीहरूले बुझ्‍न सक्‍दैनौ। तर सत्‍यका आत्‍मा आउनुभएपछि उहाँले नै सत्‍य के हो भन्‍ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ। उहाँले आफ्‍नै तर्फबाट कुरा गर्नुहुनेछैन। उहाँले जे सुन्‍नुहुनेछ, त्‍यही नै तिमीहरूलाई भन्‍नुहुनेछ अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ। मैले भनेका कुराहरू तिमीहरूलाई बताइदिएर उहाँले मेरो महिमा गर्नुहुनेछ। पितासँग भएका सबै कुरा मेरा हुन्। त्‍यसैकारण मैले ‘सत्‍यको आत्‍माले तिमीहरूकहाँ मेरा कुराहरू प्रकट गरिदिनुहुनेछ’ भनेको हुँ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 16 पढ्नुहोस्