यूहन्‍ना 15:16-19

यूहन्‍ना 15:16-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्‌। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर। “यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्‍यसले मलाई घृणा गरेको हो। यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्‍त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:16-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ; र तिमीहरूलाई सधैँ रहिरहने फल फलाउनलाई नियुक्त गरेँ। मेरो नाममा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ। मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर। “यदि संसारले तिमीहरूलाई घृणा गर्‍यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:16-19 पवित्र बाइबल (NERV)

“तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ। यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर। “यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर। यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसँग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:16-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूले मलाई छानेका होइनौ, तर मैले तिमीहरूलाई छानें र तिमीहरू गएर सधैँ रहिरहने फल फलाओ भनेर मैले तिमीहरूलाई खटाएर पठाउँदै छु। तब मेरो नाउँमा पितासँग जे मागे पनि उहाँले तिमीहरूलाई दिनुहुनेछ। अब म तिमीहरूलाई यो धार्मिक आज्ञा दिन्‍छु, एकले अर्कालाई प्रेम गर। “मानिसहरूले तिमीहरूलाई हेला गरे भने तिमीहरूलाई भन्दा पहिले मलाई नै हेला गरेका थिए भनी याद गर। यदि तिमीहरू संसारका मानिस भएका भए तिनीहरूले तिमीहरूलाई आफ्‍ना सम्‍झेर प्रेम गर्नेथिए। तर मैले त तिमीहरूलाई यस संसारबाट छानेको हुँ। त्‍यसकारण तिमीहरू यस संसारका होइनौ र संसारले तिमीहरूलाई हेला गर्छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्