यूहन्ना 14:18-25
यूहन्ना 14:18-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु। मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु।” यहूदाले (इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्छ, र संसारलाई चाहिँ होइन?” येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग वास गर्नेछौं। मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्छौ, त्यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो। “यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ।
यूहन्ना 14:18-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। केही बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, र म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ। जससँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछन्, तिनीहरूले नै मलाई प्रेम गर्दछन्। अनि मलाई प्रेम गर्नेहरूलाई पिताले प्रेम गर्नुहुन्छ। अनि म पनि तिनीहरूलाई प्रेम गर्नेछु, र आफूलाई तिनीहरूकहाँ प्रकट गरिदिनेछु।” यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्न?” येशूले जवाफ दिनुभयो, “जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू पालन गर्नेछ। मेरा पिताले त्यसलाई पनि प्रेम गर्नुहुनेछ। अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ। मलाई प्रेम नगर्नेले मेरा शिक्षाहरू पालन गर्दैन। तिमीहरूले सुनेका यी वचनहरू मेरा आफ्नै होइनन्, तर मलाई पठाउनुहुने पिताका हुन्। “म अहिले तिमीहरूसँग छँदै यी कुराहरू तिमीहरूलाई भनेको छु।
यूहन्ना 14:18-25 पवित्र बाइबल (NERV)
“म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाड्नेछैन। म तिमीहरूकहाँ फर्की आउने छु। केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु। त्यस दिनमा तिमीहरूले जान्नेछौं कि म पितामा छु। तिमाहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु। यदि कसैले मेरो आज्ञाहरू ग्रहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछन्। जसले मलाई प्रेम गर्दछ। अनि म त्यस मानिसलाई प्रेम गर्छु। म उमाथि प्रकट हुनेछु।” तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?” येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसँगै बस्नेछौं। तर जसले मलाई प्रेम गर्दैन उसेल मेरो शिक्षाहरू पालन गर्दैन। यो शिक्षाहरू जुन तिमीले सुन्दैछौ वस्तवमा मेरो होइन। यो पिताबाट आएको हो जसले मलाई पठाउनु भयो। “मैले यी सबै कुराहारू भनिसकेकोछु तिमीहरूसँग रहँदा नै।
यूहन्ना 14:18-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तिमीहरूलाई टुहुराजस्तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु। अलि बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले भने मलाई देख्नेछौ। म फेरि जिउँदो भएको हुनाले तिमीहरू पनि जिउनेछौ। त्यस दिन ‘म मेरा पितामा छु अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु’ भन्ने कुरा तिमीहरूले बुझ्नेछौ। मेरो आज्ञालाई सुनेर पालन गर्ने नै मलाई प्रेम गर्ने मानिस हो। मलाई प्रेम गर्नेलाई पिताले पनि प्रेम गर्नुहुनेछ र म पनि उसलाई प्रेम गर्नेछु र उसकहाँ देखापर्नेछु।” यहूदा इस्करियोतचाहिँ होइन, तर अर्कै यहूदा भन्ने चेलाले येशूलाई भने, “प्रभु, किन तपाईं हामीकहाँ मात्र आफैंलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ चाहिँ गर्नुहुन्न?” येशूले जवाफ दिनुभयो, “मलाई प्रेम गर्नेहरूले मैले भनेका कुरा मान्दछन्। मेरा पिताले उनीहरूलाई प्रेम गर्नुहुनेछ अनि पिता र म उनीहरूकहाँ आएर उनीहरूसँगै बस्नेछौं। तर मलाई प्रेम नगर्नेहरूले मैले भनेका कुरा मान्दैनन्। तिमीहरूले सुनेका यो वचन मेरो तर्फबाट आएको होइन, तर मलाई पठाउनुहुने पिताको तर्फबाट नै आएको हो। “तिमीहरूसँगै रहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु।