यूहन्ना 14:11-14
यूहन्ना 14:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई विश्वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्छ। नत्रभने यी कामहरूकै खातिर विश्वास गर। “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु। तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।
यूहन्ना 14:11-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्वास गर; नत्रता कमसे कम मैले गरेका अचम्मका कामहरूकै कारणले मलाई विश्वास गर। म तिमीहरूलाई साँच्चै भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु। मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्। तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु।
यूहन्ना 14:11-14 पवित्र बाइबल (NERV)
मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर। “म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु।
यूहन्ना 14:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म पितामा छु र पिता ममा हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर। नभए मैले गरेका काम हेरेर ममा विश्वास गर। “साँच्चै म तिमीहरूलाई भन्छु, ममा विश्वास गर्नेले मैले गरेका जस्ता कामहरू गर्नेछ र अझै त्योभन्दा ठूला-ठूला कामहरू पनि गर्नेछ किनभने म पिताकहाँ जाँदै छु। तिमीहरूले मेरो नाउँमा जे मागे पनि मबाट पिताको महिमा होस् भनेर म तिमीहरूले मागेको कुरा पूरा गरिदिनेछु। तिमीहरूले कुनै कुरो मेरो नाउँमा माग्यौ भने म त्यो दिनेछु।