यूहन्ना 13:34-35
यूहन्ना 13:34-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”
यूहन्ना 13:34-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ। तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्नेछन्।”
यूहन्ना 13:34-35 पवित्र बाइबल (NERV)
“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ। यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
यूहन्ना 13:34-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब म तिमीहरूलाई एउटा नयाँ धार्मिक आज्ञा दिन्छु, तिमीहरू एकले अर्कालाई प्रेम गर। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ। तिमीहरू एकले अर्कालाई प्रेम गर्यौ भने तिमीहरू मेरा चेला हौ भनेर सबै मानिसहरूले चिन्नेछन्।”