यूहन्ना 13:15-17
यूहन्ना 13:15-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर। साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्दा ठूलो हुँदैन। यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने, तिमीहरू धन्य हुनेछौ।
यूहन्ना 13:15-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर। म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन। अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्यौ भने तिमीहरू धन्यका हुनेछौ।
यूहन्ना 13:15-17 पवित्र बाइबल (NERV)
मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन। यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
यूहन्ना 13:15-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले गरेजस्तै तिमीहरूले पनि गर भनेर नै मैले नमुना देखाएको हुँ। साँच्चै म तिमीहरूलाई भन्छु, मालिकभन्दा नोकर ठूलो हुँदैन अनि खबर पठाउनेभन्दा खबर ल्याउने पनि ठूलो हुँदैन। तिमीहरूले यो कुरा बुझेर यसैअनुसार काम गर्यौ भने तिमीहरू सुखी हुनेछौ।