यूहन्ना 12:26-28
यूहन्ना 12:26-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ। “अब मेरो प्राण व्याकुल भएको छ, र म के भनूँ? ‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्’? होइन, यसै कारणले नै म यस घड़ीसम्म आइपुगेको छु। हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस्।” तब स्वर्गबाट यस्तो एउटा आवाज आयो, “मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु।”
यूहन्ना 12:26-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ। “अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ। हे पिता, तपाईं आफ्नो नामको महिमा गर्नुहोस्!” त्यसपछि स्वर्गबाट यस्तो एउटा सोर आयो, “मैले मेरो नामको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।”
यूहन्ना 12:26-28 पवित्र बाइबल (NERV)
जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्। “अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्?’ होइन, यस्तो बेलामा म आउनको कारण नै दुःखः पाउनुका निम्ति हो। हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।” तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”
यूहन्ना 12:26-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो काम गर्न चाहनेले मलाई पछ्याउनुपर्छ। जहाँ-जहाँ म हुन्छु, त्यहीँ नै मेरो काम गर्ने पनि हुनेछ। मेरो पिताले मेरो काम गर्नेलाई कदर गर्नुहुनेछ।” “अहिले मेरो हृदय विचलित भएको छ, मलाई के भनूँ, के भनूँजस्तो भइरहेछ! हे पिता, मलाई यो आउन लागेको दु:खबाट बचाउनुहोस् भनूँ? होइन, यही दु:ख भोग्नलाई नै म यस संसारमा आएको हुँ। हे पिता, तपाईंको आफ्नै नाउँलाई महिमित तुल्याउनुहोस्।” तब स्वर्गबाट यस्तो बोलिएको सुनियो “मैले महिमा लिएको छु र फेरि पनि लिनेछु।”