यूहन्ना 12:25-26
यूहन्ना 12:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।
यूहन्ना 12:25-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
यूहन्ना 12:25-26 पवित्र बाइबल (NERV)
जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ। जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।
यूहन्ना 12:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसै गरी आफ्नो जीवनलाई ज्यादै माया गर्नेले जीवन गुमाउँछ। तर आफ्नो जीवनलाई संसारमा तुच्छ ठान्नेले चाहिँ त्यसलाई अजम्मरी जीवनसम्म जोगाइराख्नेछ। मेरो काम गर्न चाहनेले मलाई पछ्याउनुपर्छ। जहाँ-जहाँ म हुन्छु, त्यहीँ नै मेरो काम गर्ने पनि हुनेछ। मेरो पिताले मेरो काम गर्नेलाई कदर गर्नुहुनेछ।”