यूहन्ना 11:38-40
यूहन्ना 11:38-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशू फेरि ज्यादै व्याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओढ़ारमा थियो। त्यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो। येशूले भन्नुभयो, “ढुङ्गो हटाओ।” मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला, किनकि त्यो मरेको चार दिन भइसक्यो।” येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ’?”
यूहन्ना 11:38-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, “ढुङ्गा हटाओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।” येशूले भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?”
यूहन्ना 11:38-40 पवित्र बाइबल (NERV)
येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो। येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।” मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी। तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
यूहन्ना 11:38-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू फेरि हृदयदेखि नै दु:खी हुनुभयो र चिहानतिर जानुभयो। त्यो एउटा गुफा थियो र त्यसको मुख ठूलो ढुङ्गाले ढाकिएको थियो। “येशूले भन्नुभयो, त्यस ढुङ्गालाई हटाइदेओ।” लाजरसकी दिदी मार्थाले भनिन्, “प्रभु, उसलाई चिहानमा राखेको त आज चार दिन भयो, यति बेलासम्म त गनाइसक्यो होला।” येशूले तिनलाई भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महान् शक्ति देख्नेछ्यौ भनेर मैले भनेको होइनँ र?”