यूहन्ना 11:33-35
यूहन्ना 11:33-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा ज्यादै व्याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो। उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्।” येशू रुनुभयो।
यूहन्ना 11:33-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।” येशू रुनुभयो।
यूहन्ना 11:33-35 पवित्र बाइबल (NERV)
येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो। येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।” तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।” येशू रुनुभयो।
यूहन्ना 11:33-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मरियम रोइरहेकी थिइन् र तिनीसँग आएका मानिसहरू पनि रोइरहेका थिए। यो देखेर येशू हृदयदेखि नै दु:खी हुनुभयो र सोध्नुभयो, “तिमीहरूले लाजरसलाई कुन चिहानमा राख्यौ?” तिनीहरूले भने, “प्रभु, आएर हेर्नुहोस्।” त्यति बेला येशू पनि रुनुभयो।