यूहन्ना 10:11-14
यूहन्ना 10:11-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्नो भेडा बचाउन मर्न पनि तयार हुन्छ। तर भेडा हेर्न राखेको नोकरचाहिँ ब्वाँसालाई देख्दा भेडालाई छोडेर भाग्छ किनभने भेडाहरू उसका आफ्ना होइनन्। ब्वाँसाले भेडाहरूलाई झम्टन्छ र तितरबितर पार्छ। ऊ नोकर मात्र हो। उसलाई भेडाहरूको वास्ता हुँदैन, त्यसैले ऊ भाग्छ। “असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्तै म मेरा भेडाहरूलाई चिन्छु र भेडाहरूले पनि मलाई चिन्छन्। म भेडाहरूको लागि आफ्नो जीवन नै दिन पनि तयार छु।
यूहन्ना 10:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ। त्यो भाग्छ, किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेड़ाको केही वास्ता गर्दैन। “म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्।
यूहन्ना 10:11-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ। त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन। “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।
यूहन्ना 10:11-15 पवित्र बाइबल (NERV)
“म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन। “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु।