यूहन्‍ना 1:12-14 - Compare All Versions

यूहन्‍ना 1:12-14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌। अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।

शेयर गर्नुहोस्
यूहन्‍ना 1 NNRV

यूहन्‍ना 1:12-14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्‍वास गरे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्‍तान हुने हक दिनुभयो। तिनीहरूले मानिस र उसको शारीरिक इच्‍छा-अभिलाषाबाट जन्‍म पाएका होइनन्, तर परमेश्‍वर नै तिनीहरूका पिता हुनुहुन्‍छ। वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ अनुग्रह र सत्‍यले भरिपूर्ण हुनुहुन्‍थ्‍यो। हामीले उहाँको ठूलो महिमा देख्‍यौं। उहाँले पाउनुभएको महिमाचाहिँ पिताको एकमात्र पुत्रलाई सुहाउने महिमा थियो।

शेयर गर्नुहोस्
यूहन्‍ना 1 सरल नेपाली

यूहन्‍ना 1:12-14 NERV (पवित्र बाइबल)

केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए। वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।

शेयर गर्नुहोस्
यूहन्‍ना 1 NERV

यूहन्‍ना 1:12-14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो। ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्‍वरबाट जन्मेका हुन्। वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 1 NCV