यूहन्ना 1:1-5
यूहन्ना 1:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।

यूहन्ना 1:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्वर हुनुहुन्थ्यो। आदिमा उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
यूहन्ना 1:1-5 पवित्र बाइबल (NERV)
संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। उहाँको वचन शुरूमा परमेश्वसँग हुनुहुन्थ्यो। र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।
यूहन्ना 1:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सृष्टि हुनुभन्दा अघि नै वचन हुनुहुन्थ्यो। वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर नै हुनुहुन्थ्यो। उहाँ सृष्टि हुनुभन्दा अघि परमेश्वरसँगै हुनुहुन्थ्यो। वचनद्वारा नै परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो। सृष्टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्यही जीवन नै मानिसहरूको उज्यालो थियो। त्यो उज्यालो अन्धकारमा चम्कन्छ। अन्धकारले कहिल्यै पनि उज्यालोलाई निभाउन सकेन।