यर्मिया 9:3-9

यर्मिया 9:3-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तिनीहरू झूट बोलिहाल्‍नलाई आफ्‍नो जिब्रो धनुझैँ तयार गर्छन्‌। देशमा तिनीहरू सत्‍यद्वारा विजयी हुँदैनन्‌। तिनीहरू एक पापदेखि अर्को पापतिर लम्‍कन्‍छन्, अनि मलाई चिन्‍दैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “आफ्‍ना मित्रहरूदेखि होशियार बस। आफ्‍ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्‌छ। मित्रले मित्रलाई छल गर्छ, र कसैले पनि सत्‍य कुरा बोल्‍दैन। तिनीहरूले आफ्‍नो जिब्रोलाई झूट बोल्‍न सिकाएका छन्, र तिनीहरू पाप गर्दागर्दा थकित भएका छन्‌। तँ छलहरूका बीचमा बस्‍छस्‌। आफ्‍नो छलमा तिनीहरू मलाई चिन्‍न इन्‍कार गर्छन्,” परमप्रभु भन्‍नुहुन्‍छ। यसैकारण सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्‍नेछु, किनकि मेरो प्रजाकै पापको कारण म अरू के गर्न सक्‍छु र? तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्‍यसले छलको कुरा बोल्‍दछ। हरेकले आफ्‍नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्‍यसको विरुद्ध ढुकेर पासो थाप्‍दछ। के यसैको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के यस्‍तो जातिलाई म दण्‍ड नदिऊँ?”

शेयर गर्नुहोस्
यर्मिया 9 पढ्नुहोस्

यर्मिया 9:3-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“तिनीहरूले झूट बोल्नका लागि आफ्ना जिब्रा धनुजस्तै तयार गर्छन्; देशमा तिनीहरू सत्यताद्वारा विजयी भएका होइनन्। तर तिनीहरू एउटा पापपछि अर्को पाप गर्दै जान्छन्; तिनीहरूले मलाई जान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ। “तिमीहरूका साथीहरूदेखि होसियार होओ; आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर। किनकि हरेक दाजुभाइहरू छली छन्; अनि हरेक साथी निन्दक छन्। एउटा मित्रले अर्को मित्रलाई छल गर्छ; अनि कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्; तिनीहरू पाप गरेर आफैँलाई थकित तुल्याउँछन्। तँ छलीहरूको बीचमा बस्छस्; तिनीहरूको छलमा तिनीहरूले मलाई आफ्ना परमेश्‍वरको रूपमा स्वीकार गर्न मान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ। यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु; किनकि मेरा मानिसहरूका पापको निम्ति म अरू के गर्न सक्छु र? तिनीहरूका जिब्रा घातक काँड हुन्; ती जिब्राले छलको कुरा बोल्दछन्। तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्, तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।” याहवेह घोषणा गर्नुहुन्छ, “के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो राष्ट्रसँग, म बदला नलिऊँ?”

शेयर गर्नुहोस्
यर्मिया 9 पढ्नुहोस्

यर्मिया 9:3-9 पवित्र बाइबल (NERV)

“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्ग्याउँछन्, अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। झूटो मात्र, सत्य हैन। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो। “आफ्ना छिमेकीहरूलाई हेर। कुनै आफन्तहरूलाई विश्वास नगर। किनभने हरेक आफन्तहरू कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ। हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँच्चो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुन्जेल सम्म पाप गरे। एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्‌यायो। अनि झूटोले झूटै पछ्‌यायो। मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।” परमप्रभुले ती कुराहरू भन्नुभयो। सेनाहरूका परमप्रभु भन्नहुन्छ, “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु। मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे। यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन्, तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्। मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।” यो परमेश्वरबाट आएको सन्देश हो, “के मैले यसप्रकारको जातिलाई सजाय दिनु पर्दैन?”

शेयर गर्नुहोस्
यर्मिया 9 पढ्नुहोस्

यर्मिया 9:3-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

धनु खेलाउने मानिसले काँड हान्‍न धनु चलाएझैँ तिनीहरूले झूट बोल्‍नलाई आफ्‍ना जिब्रो चलाउँछन्। सत्‍यले होइन तर बेइमानीले राज्‍य गर्दछ। परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजाले एकोहोरो दुष्‍ट्याइँ गरिरहन्‍छन्। तिनीहरूले मलाई आफ्‍ना परमेश्‍वर भनी मान्‍दैनन्।” हरेक आफ्‍नो मित्रदेखि होशियार रहोस् र कसैले पनि आफ्‍नो दाजुभाइमा भरोसा नगरोस्। कारण दाजुभाइ याकूबझैँ छली छ र हरेकले आफ्‍नो मित्रको बदनामी गर्दछ। तिनीहरू सबैले आफ्‍ना मित्रलाई छल्‍दछन्, कसैले साँचो बोल्‍दैनन्। तिनीहरूले आफ्‍नो जिब्रोलाई झूट बोल्‍न सिकाएका छन्। तिनीहरूले पाप गरिरहन्‍छन् र पश्‍चात्ताप गर्न शिथिल भएका छन्। तिनीहरूले एउटा अत्‍याचारमाथि अर्को अत्‍याचार, एउटा छलमाथि अर्को छल गर्दछन् र मलाई चिन्‍न इन्‍कार गर्दछन् भनी परमप्रभु भन्‍नुहुन्‍छ। यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, “म सुन-चाँदी खारेझैँ मेरा प्रजालाई खार्नेछु र तिनीहरूको जाँच गर्नेछु। मेरा प्रजाले खराबी गरेका छन्। यसकारण म तिनीहरूसित अरू के गरूँ? “तिनीहरूका जिब्रा विषालु काँडझैँ छन्, तिनीहरूले सधैँ झूट बोल्‍दछन्। हरेकले आफ्‍नो छिमेकीसित मुखले त मीठो कुरा गर्छ तर मनले चाहिँ पासो थाप्‍छ। के म यी कुराका निम्‍ति तिनीहरूलाई दण्‍ड नदिऊँ? के यस्‍तो जातिमाथि म साटो नफेरूँ? म परमप्रभु बोलेको छु।”

शेयर गर्नुहोस्
यर्मिया 9 पढ्नुहोस्