यर्मिया 9:25-26
यर्मिया 9:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु घोषणा गर्नुहुन्छ: “समय आउँदैछ, जब म शरीरको मात्र खतना भएकाहरू तर यथार्थमा बेखतना भएका सबैलाई दण्ड दिनेछु— अर्थात् मिश्रदेश, यहूदा, एदोम, अम्मोन, मोआब र मरुभूमि र टाढ़ा-टाढ़ाका ठाउँहरूमा बस्ने सबैलाई। किनकि यी सबै जातिहरू साँच्चै नै बेखतनाका हुन्, र इस्राएलका सारा घरानासित पनि हृदयमा बेखतना भएकाहरू हुन्।”
यर्मिया 9:25-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु; अर्थात् इजिप्ट, यहूदा, एदोम, अम्मोन, मोआब र टाढा मरुभूमिका सिमानाहरूमा बस्ने सबैलाई दण्ड दिनेछु। किनकि यी सबै जातिहरू साँचो रूपमा खतना भएका छैनन्; अनि इस्राएलको सम्पूर्ण घरानाको पनि हृदयमा खतना भएको छैन।”
यर्मिया 9:25-26 पवित्र बाइबल (NERV)
यो परमेश्वरबाट आएको सन्देश हो: “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु। म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन् अनि तिनीहरू सबै जो जङ्गलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”
यर्मिया 9:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो समय आउँदै छ, जब म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआबका मानिसहरू र आफ्नो देवताका निम्ति कपाल छोटो बनाउन खौरने मरुभूमिका मानिसहरूलाई दण्ड दिनेछु। यी जातिहरू लगायत इस्राएलीहरूको पनि हृदयको खतना भएको छैन। यी सबै जातिहरू बेखतनामा छन्।”