यर्मिया 35:15
यर्मिया 35:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्नो दुष्ट मार्गबाट फर्क, र आफ्ना क्रियाकलाप सुधार, र अन्य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ।

यर्मिया 35:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले घरी-घरी तिमीहरूकहाँ आफ्ना सेवक अगमवक्ताहरूलाई पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेकले तिमीहरूका दुष्ट चालहरूबाट फर्क! आफ्ना कामहरू सुधार! अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पछि नलाग। तब मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ।” तर तिमीहरूले मेरो वचनमा ध्यानै दिएनौ, अथवा मेरो कुरालाई सुनेनौ।
यर्मिया 35:15 पवित्र बाइबल (NERV)
मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, “तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुशरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।” तर तिमीहरूले मेरो कुरा सुनेनौ।
यर्मिया 35:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले मेरा सबै सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहें र तिनीहरूले तिमीहरूलाई दुष्कर्म त्याग्नू र उचित काम गर्नू भनेका छन्। अन्य देवताको पूजा र सेवा नगर्नू र मैले तिमीहरू र तिम्रा पुर्खाहरूलाई दिएका देशमा तिमीहरू रहन पाउनेछौ भनी तिनीहरूले तिमीहरूलाई चेतावनी दिएका छन्। तर तिमीहरूले मेरा कुरा सुन्दैनौ, मेरो वचनमा ध्यान दिंदैनौ।