यर्मिया 33:24-26
यर्मिया 33:24-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यी मानिसहरू के भन्दैछन्, के त्यसमा तैंले ध्यान दिएको छैनस्? यिनीहरू भन्छन्, ‘परमप्रभु आफैले चुन्नुभएका ती दुई राज्यहरूलाई उहाँले त्याग्नुभएको छ’। यसैले यिनीहरूले मेरो प्रजालाई घृणा गर्छन्, र यिनीहरूको दृष्टिमा मेरो प्रजा जाति नै होइन भनी ठान्छन्। परमप्रभु यसो भन्नुहुन्छ: ‘यदि दिन र रातसम्बन्धी मेरो करार मैले स्थापित गरेको होइनँ भने, अनि स्वर्ग र पृथ्वीको विषयका मैले राखेका नियमहरू स्थायी होइनन् भने, तब मात्र म याकूबका र मेरो दास दाऊदका सन्तानहरूलाई इन्कार गर्नेछु, र त्यसको सन्तानको एउटैलाई पनि अब्राहाम, इसहाक र याकूबको वंशमाथि राज्य गर्नलाई म चुन्नेछैनँ। किनकि म तिनीहरूको सुखशान्ति फर्काइदिनेछु र तिनीहरूमाथि टिठ्याउनेछु’।”
यर्मिया 33:24-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“के यी मानिसहरूले ‘याहवेहले आफूले चुन्नुभएका दुई राज्य यहूदा र इस्राएललाई त्यागिदिनुभएको छ’ भनिरहेको कुरा के तैँले ख्याल गरेको छैनस्? यसकारण ती मानिसहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् र तिनीहरूलाई एक राष्ट्रको रूपमा ठान्दैनन्। याहवेह यसो भन्नुहुन्छ: ‘यदि मैले दिन र रातसँग आफ्नो करार स्थापित गरेको होइन भने साथै आकाश र पृथ्वीका नियमहरू तोकिदिएको होइन भने, म याकोब र मेरो सेवक दावीदका सन्तानहरूलाई तिरस्कार गर्नेछु। अनि त्यसको सन्तानको कुनै पनि छोरालाई अब्राहाम, इसहाक र याकोबका सन्तानमाथि शासन गर्नलाई म चुन्नेछैनँ। तर म तिनीहरूलाई कैदबाट फर्काएर तिनीहरूको समृद्धि पनि फर्काइदिनेछु र तिनीहरूमाथि दया देखाउनेछु।’ ”
यर्मिया 33:24-26 पवित्र बाइबल (NERV)
“यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।’” परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए। तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”
यर्मिया 33:24-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मैले चुनेका दुई परिवार इस्राएल र यहूदालाई मैले नै त्यागेको छु भनी कसरी मानिसहरूले भन्दै छन्, त्यो के तैँले सुनिस्? यसकारण तिनीहरूले मेरा प्रजालाई घृणाको दृष्टिले हेर्छन् र तिनीहरूलाई एउटा जाति हो भनी ठान्दैनन्। तर म परमप्रभुले दिन र रातसित एउटा करार बाँधेको छु र पृथ्वी र आकाश चलाउने नियमहरू बनाएको छु। जसरी पक्का प्रकारले यी कामहरू मैले गरेको छु, त्यसरी नै म याकूबका सन्तानसित र मेरो सेवक दाऊदसित बाँधेको आफ्नो करार पूरा गर्नेछु। अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्य गर्न म दाऊदको सन्तानबाट एक जनालाई चुन्नेछु। म मेरा प्रजालाई दया गर्नेछु र फेरि तिनीहरूको पहिलेको जस्तै फलिफाप गराउनेछु।”