यर्मिया 33:14-16
यर्मिया 33:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभु भन्नुहुन्छ, ‘ती दिन आउँदैछन्, जब इस्राएलका घराना र यहूदाका घरानालाई गरेको मेरो अनुग्रहसहितको प्रतिज्ञा म पूरा गर्नेछु। ती दिन र त्यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्पन्न गराउनेछु, र तिनले देशमा न्याय र उचित काम गर्नेछन्। ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ। तिनी यही नाउँले कहलाइनेछन्, “परमप्रभु हाम्रा धार्मिकता’।”
यर्मिया 33:14-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘हेर, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहूदाको घरानासित मैले गरेका असल प्रतिज्ञाहरू पूरा गर्नेछु। “ ‘ती दिनहरूमा र त्यस समयमा म दावीदको वंशबाट एउटा धार्मिकताको हाँगा उमार्नेछु; त्यसले देशमा जे न्यायसङ्गत र उचित छ, त्यही गर्नेछ। ती दिनहरूमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ। तिनलाई यही नामद्वारा बोलाइनेछ: याहवेह, हाम्रा धार्मिक उद्धारकर्ता।’
यर्मिया 33:14-16 पवित्र बाइबल (NERV)
यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु। त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको शाखा उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ। यो शाखाको समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो शाखाको नाउँ हो: ‘परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।’”
यर्मिया 33:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले भन्नुभयो, “त्यो समय आउँदै छ, जब म आफूले इस्राएल र यहूदाका मानिसहरूसित गरेको प्रतिज्ञा पूरा गर्नेछु। त्यस बेला दाऊदको वंशबाट राजा हुनलाई एक जना धर्मी पुरुषलाई म छान्नेछु। त्यस राजाले सारा देशमा असल र न्यायको काम गर्नेछन्। यहूदा र इस्राएलका मानिसहरू बचाइनेछन् र तिनीहरू सुरक्षासाथ बास गर्नेछन्। यरूशलेम सहरको नाम ‘परमप्रभु हाम्रो उद्धार’ हुनेछ।