यर्मिया 29:11-18

यर्मिया 29:11-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई। तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्‍यानसित सुन्‍नेछु। जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्‍नुहुन्‍छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्‍याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्‍मा गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्‍यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्‍याउनेछु।” शायद तिमीहरू भन्‍नेछौ, “परमप्रभुले त हाम्रा निम्‍ति बेबिलोनमा नै अगमवक्ताहरू खड़ा गर्नुभएको छ।” तर दाऊदको सिंहासनमा बस्‍ने राजा र यस सहरमा बस्‍ने सबै मानिसहरू, तिमीहरूका आफन्‍तहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूका विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यो भन्‍नुहुन्‍छ— हो, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाउनेछु, र म तिनीहरूलाई कुहेका अञ्‍जीरहरूझैँ तुल्‍याउनेछु, जो यति साह्रो कुहेका हुन्‍छन्‌ कि ती खान पनि सकिँदैनन्‌। तिनीहरूलाई म तरवार, अनिकाल र रूढ़ीले खेद्‌नेछु। म तिनीहरूलाई पृथ्‍वीका सबै राज्‍यहरूमा घृणाको पात्र तुल्‍याउनेछु। मैले तिनीहरूलाई धपाएका सारा जातिहरूका बीचमा म तिनीहरूलाई सराप, त्रास, गिल्‍ला र निन्‍दाका पात्र बनाउनेछु।

शेयर गर्नुहोस्
यर्मिया 29 पढ्नुहोस्

यर्मिया 29:11-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। “ती योजनाहरू तिमीहरूका उन्‍नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो। तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्‍नेछु। जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।” “मलाई तिमीहरूले भेट्टाउनेछौ, याहवेह घोषणा गर्नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काइल्याउनेछु। तिमीहरूलाई मैले धपाएर पठाएका सबै राष्ट्रहरू र ठाउँहरूबाट भेला गर्नेछु। अनि जुन ठाउँबाट मैले तिमीहरूलाई निर्वासनमा पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। तिमीहरूले भन्‍नेछौ, “याहवेहले हाम्रा निम्ति बेबिलोनमा अगमवक्ताहरू खडा गर्नुभएको छ,” तर दावीदको सिंहासनमा विराजमान हुनुहुने राजा र यस सहरमा बाँकी रहेका सबै मानिसहरूको विषयमा, अर्थात् तिमीहरूका देशवासीहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ— हेर, सेनाहरूका याहवेह भन्‍नुहुन्छ: “म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र रूढी पठाउनेछु; अनि म तिनीहरूलाई खानै नसकिने गरी कुहिएको नेभारा जस्तै बनाउनेछु। म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणाको पात्र बनाउनेछु। मैले तिनीहरूलाई धपाएका सबै राष्ट्रहरूको बीचमा श्राप, त्रास, हाँसो र निन्दाको पात्र बनाउनेछु।”

शेयर गर्नुहोस्
यर्मिया 29 पढ्नुहोस्

यर्मिया 29:11-18 पवित्र बाइबल (NERV)

म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउँदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु। त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ। म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।” तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।” तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएनन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु। सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरूद्ध पठाउँदैछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहेका नेभाराहरू जस्ता बनाउने छु। म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु।

शेयर गर्नुहोस्
यर्मिया 29 पढ्नुहोस्

यर्मिया 29:11-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मैले तिमीहरूको निम्‍ति रचेका उपायहरू म आफैं जान्‍दछु। ती उपायहरूद्वारा तिमीहरूको फलिफाप हुनेछ तर खति हुनेछैन र तिमीहरूले आशा गरेका र उज्‍वल भविष्‍य तिमीहरूलाई दिनेछु। तब तिमीहरूले मलाई पुकार्नेछौ। तिमीहरू मकहाँ आएर प्रार्थना गर्नेछौ र म तिमीहरूलाई उत्तर दिनेछु। तिमीहरूले मलाई खोज्‍नेछौ, आफ्‍नो पूरा हृदयले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ। साँचो हो, म भन्‍दछु, तिमीहरूले मलाई भेट्टाउनेछौ र म तिमीहरूलाई तिमीहरूको आफ्‍नो देशमा ल्‍याइपुर्‍याउनेछु। मैले तिमीहरूलाई धपाई पठाएको हरेक देश र ठाउँबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु। जुन देशबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्‍यही देशमा म तिमीहरूलाई फर्काई ल्‍याउनेछु। म परमप्रभु बोलेको छु।’ “परमप्रभुले तिमीहरूलाई बेबिलोनमा अगमवक्ताहरू दिनुभएको छ भनी तिमीहरू भन्‍दछौ। तर दाऊद बसेका सिंहासनमा बस्‍ने राजाबारे र यस सहरका बासिन्‍दाहरू अर्थात् तिमीहरूका आफन्‍तहरू, जो तिमीहरूसित कैदी भई विदेश लगिएनन्, तिनीहरूबारे परमप्रभु के भन्‍नुहुन्‍छ, त्‍यो सुन। सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, ‘म तिमीहरूमाथि लडाइँ, अनिकाल र रुढी ल्‍याउनेछु र तिनीहरूलाई खान नसकिने गरी सडेको नेभाराझैँ बनाउनेछु। म तिनीहरूलाई लडाइँ, अनिकाल र रुढीले खेदो गर्नेछु र संसारका सबै जातिहरू ती देखेर भयभीत हुनेछन्। तितरबितर पारेर म जहाँ-जहाँ तिनीहरूलाई पठाउनेछु, तिनीहरूको दशा देखेर मानिसहरू विचलित भई डराउनेछन्। मानिसहरूले तिनीहरूको गिल्‍ला गर्नेछन् र तिनीहरूका नाम लिएर सराप्‍नेछन्।

शेयर गर्नुहोस्
यर्मिया 29 पढ्नुहोस्

यर्मिया 29:11-18

यर्मिया 29:11-18 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्