न्यायकर्ताहरू 3:1-4

न्यायकर्ताहरू 3:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यी तिनै जातिहरू हुन्‌ जसलाई परमेश्‍वरले ती इस्राएलीहरूलाई जाँच्‍नलाई छोड्‌नुभएको थियो, जसले कनानका लड़ाइँहरूको अनुभव पाएका थिएनन्‌। इस्राएलका आउने पुस्‍ताहरूलाई, अर्थात्‌ जस-जसले पहिले युद्ध गर्न जानेका थिएनन्, तिनीहरूलाई कसरी लड़ाइँ गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो। ती जातिहरू यी नै हुन्‌: पलिश्‍तीहरूका पाँच शासकहरू, सबै कनानीहरू, सीदोनीहरू र लेबनानका पहाड़हरूमा बाल-हेर्मोन डाँड़ादेखि लेबो-हमातसम्‍म बस्‍ने हिव्‍वीहरू। उहाँको अभिप्रायचाहिँ मोशाद्वारा तिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिनुभएका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन्‌ कि गर्दैनन्‌ भनेर जाँच्‍नलाई थियो।

न्यायकर्ताहरू 3:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

कनानमा कुनै पनि युद्धको अनुभव नगरेका ती सबै इस्राएलीहरूलाई जाँच्न भनी याहवेहले छोडिदिनुभएका जातिहरू यिनै हुन्: (पहिले युद्धको अनुभव नगरेका इस्राएलीहरूका सन्तानहरूलाई युद्ध गर्न सिकाउनको निम्ति मात्र उहाँले यसो गर्नुभएको थियो)। ती जातिहरू यिनै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, साथै सबै कनानीहरू, सीदोनीहरू र बाल-हर्मोन डाँडादेखि लेबो-हमातसम्मका लेबनान पर्वतहरूमा बस्‍ने हिव्वीहरू। यी जातिहरू याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई मोशाद्वारा दिनुभएका उहाँका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर तिनीहरूलाई जाँच्न छोडिएका थिए।

न्यायकर्ताहरू 3:1-4 पवित्र बाइबल (NERV)

परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनु हुन्थ्यो। यस समय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्। यसर्थ परमप्रभुले ती अन्य जातिहरूलाई तिनीहरूका देशमा रहन दिनुभयो। (परमप्रभुले इस्राएलका मानिसहरूलाई, जो ती युद्धहरूमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहरूका नाउँ यो होः पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे। परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।

न्यायकर्ताहरू 3:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसरी कनान देशमा लडाइँमा भाग नलिने इस्राएलीहरूको जाँच गर्नलाई परमप्रभुले केही अन्‍यजातिहरूलाई देशमा राख्‍नुभयो। इस्राएलका प्रत्‍येक पुस्‍तालाई, विशेष जसले लडाइँ गर्दैगरेका थिएनन्, तिनीहरूलाई लडाइँ के हो, सिकाउनलाई परमप्रभुले यसो गर्नुभएको थियो। पाँच सहरमा बास गर्ने पलिश्‍तीहरू र लेबनान पहाडमा बाल-हेर्मोन डाँडादेखि लेबो-हमात घाटीसम्‍म बास गर्ने कनानी, सीदोनी र हिव्‍वीहरू यसरी देशमा छोडिएका अन्‍यजातिहरू थिए। इस्राएलीहरूको जाँचको निम्‍ति र तिनीहरूले तिनका पिता-पुर्खाहरूलाई परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञापालन गर्छन् कि गर्दैनन्, सो जाँच्‍नलाई ती अन्‍यजातिहरू राखिएका थिए।