न्यायकर्ताहरू 21:17-18
न्यायकर्ताहरू 21:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले भने, “भागेर बाँचेका बेन्यामीनीहरूका उत्तराधिकार हुनैपर्छ, नत्रता इस्राएलीहरूमध्येको एउटा कुल मेटिएर जानेछ। हामी आफ्ना छोरीहरू उनीहरूलाई विवाह गरिदिन सक्दैनौं, किनभने कुनै बेन्यामीनीलाई आफ्नी छोरी दिने मानिसमाथि सराप आउनेछ भनी हामीले शपथ खाएका छौं।”
न्यायकर्ताहरू 21:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनीहरूले भने, “बाँचेका बेन्यामीनीहरूका उत्तराधिकारीहरू हुनुपर्छ। इस्राएलको एउटा कुल मेटिएर नजाओस्। हामी तिनीहरूलाई आफ्ना छोरीहरू पत्नीको रूपमा दिन सक्दैनौँ; किनकि हामी इस्राएलीहरूले ‘बेन्यामीनीलाई पत्नी दिने जोसुकै श्रापित होस्’ भनेर शपथ खाएका छौँ।
न्यायकर्ताहरू 21:17-18 पवित्र बाइबल (NERV)
बिन्यामीनका मानिसहरू, जो अझ जीवितछन्, तिनीहरूका सन्तानहरू हुनुपर्छ, आफ्ना कुललाई राख्न यस्तो गर्नै पर्छ जसद्वारा इस्राएलका कुल समूह लोप हुनेछैन। तर हामी हाम्रा छोरीहरूलाई बिन्यामीनका मानिसहरूसित बिवाह गरी दिन सक्तैनौं। हामीले यस्तो शपथ खाएको छौं ‘कुनै व्यक्ति माथि पनि नराम्रो घट्ना घट्नेछ जसले बिन्यामीनका कुनै मानिसलाई पत्नी दिन्छ।’
न्यायकर्ताहरू 21:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलको एउटा कुल नै मारिनुहुँदैन। बेन्यामीन कुललाई बचाउन काम गर्नुपर्छ। तर हाम्रा छोरीहरू त तिनीहरूलाई विवाह गर्न दिन सक्दैनौं, कारण कुनै बेन्यामीनीलाई आफ्नी छोरी-चेली विवाह गर्न दिने मानिसलाई हामीले सराप दिएका छौं।”