न्यायकर्ताहरू 10:1-5
न्यायकर्ताहरू 10:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अबीमेलेकको पालोपछि इस्साखारको एक जना मानिस, पुवाका छोरा दोदोका नाति, एफ्राइमको पहाड़ी देशको शामीरमा बस्ने तोला इस्राएललाई छुटाउनलाई खड़ा भए। तिनी तेईस वर्षसम्म इस्राएलका अगुवा भए, अनि जब तिनी मरे तब शामीरमा गाड़िए। तिनीपछि गिलादी याईर आए। तिनी बाईस वर्षसम्म इस्राएलका अगुवा भए। तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामा सवार हुन्थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए, जो आजको दिनसम्म पनि हब्बात-याईर कहलाइन्छ। याईर मरेपछि तिनी कामोनमा गाड़िए।
न्यायकर्ताहरू 10:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अबीमेलेकको मृत्युपछि इस्साखारका एक जना मानिस, अर्थात् दोदोका नाति, पुवाका छोरा तोला इस्राएललाई बचाउनका निम्ति खडा भए। तिनी एफ्राइमको पहाडी मुलुकको शामीरमा बस्थे। तिनले तेईस वर्षसम्म इस्राएलमाथि नेतृत्व गरे, तब तिनी मरे, र शामीरमा गाडिए। तिनीपछि गिलादी याईर आए, जसले इस्राएलमाथि बाइस वर्षसम्म नेतृत्व गरे। तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामाथि सवार हुने गर्थे। तिनीहरूले गिलादमा तीस वटा सहरहरूमाथि अख्तियार चलाउँथे, जसलाई आजको दिनसम्म हव्वोत-याईर भनिन्छ। याईर मरेपछि तिनी कामोनमा गाडिए।
न्यायकर्ताहरू 10:1-5 पवित्र बाइबल (NERV)
अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो। तोला तेईस बर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो। तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस बर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्ता भए। याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्। याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।
न्यायकर्ताहरू 10:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अबीमेलेक मरेपछि पूवाको छोरो अनि दोदोको नाति तोला इस्राएलीको उद्धार गराउनलाई आयो। ऊ इस्साखार कुलको थियो अनि एफ्राइमको पहाडी देशको शामीर भन्ने ठाउँमा बास गर्दथ्यो। ऊ तेईस वर्षसम्म इस्राएलको अगुवा भयो र उसको मृत्यु भयो र शामीरमा गाडियो। तोलापछि, गिलादबाट याईर आयो। उसले बाईस वर्षसम्म इस्राएलीहरूलाई अगुवाइ गर्यो। उसका तीस भाइ छोराहरू थिए अनि तिनीहरू तीस वटा गधामा सवार गर्थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए। ती सहरहरूलाई अझसम्म याईरका गाउँहरू भनिन्छ। याईर मर्यो र कामोनमा गाडियो।