न्यायकर्ताहरू 1:1-2
न्यायकर्ताहरू 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोशूको मृत्युपछि कुनचाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इस्राएलीहरूले परमप्रभुसित सोधपूछ गरे। परमप्रभुले जवाफ दिनुभयो, “यहूदाले आक्रमण गरोस्। मैले त्यो देश तिनीहरूका हातमा सुम्पिदिएको छु।”
न्यायकर्ताहरू 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहोशूको मृत्युपछि इस्राएलीहरूले याहवेहलाई सोधे, “हाम्रो पक्षमा कनानीहरूको विरुद्ध लडाइँ गर्न को पहिले जानेछ?” अनि याहवेहले जवाफ दिनुभयो, “यहूदा जानेछ; यो देश मैले तिनीहरूको हातमा दिएको छु।”
न्यायकर्ताहरू 1:1-2 पवित्र बाइबल (NERV)
यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?” परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।”
न्यायकर्ताहरू 1:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशूको मृत्यु भएपछि इस्राएलीहरूले परमप्रभुलाई सोधे, “हाम्रा कुनचाहिँ कुलले गएर पहिले कनानीहरूमाथि आक्रमण गर्नुपर्ने हो? परमप्रभुले उत्तर दिनुभयो ‘पहिले यहूदाको कुलले आक्रमण गरोस्। म त्यो देश तिनीहरूका हातमा पारिदिनेछु।”