याकूब 4:7-8
याकूब 4:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
याकूब 4:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ। परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
याकूब 4:7-8 पवित्र बाइबल (NERV)
यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।