याकूब 4:4-10

याकूब 4:4-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

व्‍यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्‍छ त्‍यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ। के तिमीहरू यो सम्‍झन्‍छौ, कि पवित्र-धर्मशास्‍त्रले व्‍यर्थमा यसो भन्‍दछ, हामीमा परमेश्‍वरले राख्‍नुभएका आत्‍माको निम्‍ति उहाँ तीव्र डाह राख्‍नुहुन्‍छ, तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।” यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ। परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार। दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्‍द खिन्‍नतामा परिणत होस्‌। प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:4-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ। अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ? तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।” यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ। परमेश्‍वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार! दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्। प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:4-10 पवित्र बाइबल (NERV)

अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।” यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ। उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर। परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:4-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अविश्‍वासी मानिसहरू हो! संसारलाई माया गर्ने परमेश्‍वरको शत्रु हुन्‍छ भनी तिमीहरूलाई थाहा छैन? संसारलाई मित्र बनाउन खोज्‍नेले परमेश्‍वरलाई आफ्‍नो शत्रु बनाउँछ। “परमेश्‍वरले हामीभित्र राखिदिनुभएको आत्‍माचाहिँ तृष्‍णाले भरिएको हुन्‍छ,” भन्‍ने धर्मशास्‍त्रमा लेखिएको कुरा व्‍यर्थको नठान। तर उहाँले गर्नुभएको अनुग्रह अझ बलियो छ। धर्मशास्‍त्रमा लेखिएको छ, “परमेश्‍वरले घमण्‍डीहरूको विरोध गर्नुहुन्‍छ तर नम्रहरूमाथि अनुग्रह खन्‍याउनुहुन्‍छ।” यसैकारण परमेश्‍वरको अधीनमा बस। शैतानको विरोध गर र त्‍यो तिमीहरूदेखि भाग्‍नेछ। तिमीहरू परमेश्‍वरको नजिक आओ र परमेश्‍वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्‍ना हात धोई सफा गर। कपटीहरू हो, आफ्‍नो मन शुद्ध पार। तिमीहरू रोओ, चिच्‍याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्‍का रुवाइमा बदल। तिमीहरूका आनन्‍द दु:खमा बदलिओस्‌। प्रभुको अघि नम्र बन र उहाँले तिमीहरूलाई उचाल्‍नुहुनेछ।

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्