याकूब 4:13-14
याकूब 4:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“आजै कि भोलि हामी कुनै सहर, बजारमा जाऔंला र एक वर्ष बसेर व्यापार गरौंला अनि धन कमाऔंला” भन्ने तिमीहरूले मेरो कुरा सुन। भोलि के हुन्छ, तिमीहरू केही जान्दैनौ। तिमीहरू त एक छिन देखा पर्ने र बिलाएर जाने बाफजस्तै छौ।
याकूब 4:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला” भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ।

याकूब 4:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब ध्यानसित सुन, तिमीहरू जसले यसो भन्छौ, “हामी आज अथवा भोलि यो सहर अथवा त्यो सहरमा जानेछौँ, त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ।” तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ।
याकूब 4:13-14 पवित्र बाइबल (NERV)
तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ वर्ष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।