याकूब 3:9-10
याकूब 3:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि हामीहरूले हाम्रा परमेश्वर पितालाई यही जिब्रोले धन्यवाद दिन्छौं र यही जिब्रोले फेरि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको मानिसलाई श्राप दिन्छौं। एउटै मुखबाट प्रशंसा र गाली पनि निस्कन्छ। मेरा भाइहरू, यस्तो हुनुहुँदैन!
याकूब 3:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं। एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।
याकूब 3:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ। अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन।
याकूब 3:9-10 पवित्र बाइबल (NERV)
हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन।