याकूब 3:8-9
याकूब 3:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।
याकूब 3:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्ट हो। जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ।
याकूब 3:8-9 पवित्र बाइबल (NERV)
कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ। हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ।
याकूब 3:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्ट, तह नलाग्ने र डरलाग्दो विषले भरिएको हुन्छ अनि हामीहरूले हाम्रा परमेश्वर पितालाई यही जिब्रोले धन्यवाद दिन्छौं र यही जिब्रोले फेरि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको मानिसलाई श्राप दिन्छौं।