याकूब 3:7-12
याकूब 3:7-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ, र मानिस जातिबाट नै तह लगाइएको छ। तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं। एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो। के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्कन्छ र? मेरा भाइ हो, के अञ्जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्जीर फल्न सक्छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्कन सक्दैन।
याकूब 3:7-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्; तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्ट हो। जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ। अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन। के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र? हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ।
याकूब 3:7-12 पवित्र बाइबल (NERV)
मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्। कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ। हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन। के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अँहँ। मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ।
याकूब 3:7-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसले सबै जङ्गली पशु-पक्षी वा जीवजन्तुलाई तह लाउन सक्छ र तह लाएको पनि छ। तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्ट, तह नलाग्ने र डरलाग्दो विषले भरिएको हुन्छ अनि हामीहरूले हाम्रा परमेश्वर पितालाई यही जिब्रोले धन्यवाद दिन्छौं र यही जिब्रोले फेरि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको मानिसलाई श्राप दिन्छौं। एउटै मुखबाट प्रशंसा र गाली पनि निस्कन्छ। मेरा भाइहरू, यस्तो हुनुहुँदैन! के एउटै मुहानबाट तीतो र मीठो पानी निस्कन्छ? मेरा भाइहरू, अञ्जीरको बोटमा भद्राक्ष फल्न सक्दैन अनि अङ्गुरको बोटमा अञ्जीर फल्न सक्दैन। नुनिलो पानीको मुहानबाट मीठो पानी उम्रन सक्दैन।