याकूब 3:6-8
याकूब 3:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ! हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ, र मानिस जातिबाट नै तह लगाइएको छ। तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।
याकूब 3:6-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ। सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्; तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्ट हो।
याकूब 3:6-8 पवित्र बाइबल (NERV)
जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ। मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्। कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ।
याकूब 3:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जिब्रोचाहिँ आगोजस्तो हो। यो शरीरका अङ्गहरूमध्ये सबैभन्दा दुष्ट हो। यसले सिङ्गै शरीरमा कलङ्क लाउँछ। यसले नरकको आगो लिएर हाम्रो पूरै जिन्दगीमा आगो लगाउँछ। मानिसले सबै जङ्गली पशु-पक्षी वा जीवजन्तुलाई तह लाउन सक्छ र तह लाएको पनि छ। तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्ट, तह नलाग्ने र डरलाग्दो विषले भरिएको हुन्छ