याकूब 2:5-8
याकूब 2:5-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा प्रियहरू, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नुभएन र? यहि राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र? तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र? के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ? यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
याकूब 2:5-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्वरले विश्वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्नुभएको होइन र? तर तिमीहरूले त गरिबहरूलाई अपमान गरेका छौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने धनीहरू नै होइनन्? के तिनीहरूले त्यही आदरणीय नामको निन्दा गर्दैनन्, जुन नामले तिमीहरू बोलाइएका छौ? यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ।
याकूब 2:5-8 पवित्र बाइबल (NERV)
सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो। तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्। अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशूको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ। बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।” यदि तिमीहरूले यो नियम पालन गर्यौ भने तब तिमीहरूले ठिक काम गर्छौ।
याकूब 2:5-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्यारा भाइहरू, सुन। के परमेश्वरले संसारका गरीबलाई विश्वासमा धनी बनाउन र प्रतिज्ञा गरेको राज्य उहाँलाई माया गर्नेहरूलाई दिन छान्नुभएन र? तर तिमीहरूले त गरीबहरूलाई हेला गर्छौ। तिमीहरूमाथि अत्याचार गरी न्यायाधीशहरूका अघि पुर्याउने के धनी नै होइनन् र? तिमीहरूलाई दिइएको सुनामको बेइज्जत तिनीहरूले नै गरेनन् र? छिमेकीलाई आफैंलाई झैँ माया गर्नू भनी लेखिएको परमेश्वरको राज्यको नियमलाई पालन गर्यौ भने तिमीहरूले ठीक काम गर्नेछौ।