याकूब 2:14-18

याकूब 2:14-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्‍वास छ” भन्‍छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्‍यसको विश्‍वासले त्‍यसलाई बचाउन सक्‍छ र? यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्‍यसलाई दिनहुँको भोजनको अपुग छ, र तिमीहरूमध्‍ये कसैले त्‍यसलाई, “शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्‍छ, तर त्‍यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्‍यसबाट के लाभ हुन्‍छ र? यसरी विश्‍वास पनि काममा प्रकट हुँदैन भने त्‍यो विश्‍वास मृत हो। तर कसैले भन्‍ला, “तिमीसित विश्‍वास छ, मेराचाहिँ कामहरू छन्‌।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्‍नो विश्‍वास तिमीलाई देखाउनेछु।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्

याकूब 2:14-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्‍वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्‍वासले तिनीहरूलाई बचाउन सक्छ र? मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ; अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्‍याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र? यस्तै किसिमले कामविनाको विश्‍वास पनि मरेतुल्य हुन्छ। तर कसैले भन्ला, “तिमीसँग विश्‍वास छ, तर मसँग कामहरू छन्।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्‍वास देखाउनेछु।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्

याकूब 2:14-18 पवित्र बाइबल (NERV)

मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अँहँ! परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ। अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्। यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ। एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा काम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।”

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्

याकूब 2:14-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरा भाइहरू, कसैले विश्‍वास गर्छु त भन्‍छ, तर कुनै कामले पनि आफ्‍नो विश्‍वास देखाउन सक्‍दैन भने के भयो र? के यस्‍तो विश्‍वासले उसलाई बचाउन सक्‍छ? कुनै भाइ वा बहिनीको लुगा छैन र खाना पनि छैन, तर तिमीहरूमध्‍ये कसैले उसलाई ‘परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, राम्रैसँग लगाऊ अनि राम्रैसँग खाऊ’ भन्‍छौ तर उसलाई चाहिएको केही पनि दिंदैनौ भने के भयो र? विश्‍वास पनि त्‍यस्‍तै हुन्‍छ। काम नगर्ने विश्‍वास त मरेको विश्‍वास हो। तर कसैले भन्‍ला, “तिमी विश्‍वास गर्छौ। म त काम गर्छु।” लौ कामबिनाको तिम्रो विश्‍वास देखाऊ त! म त काम गरेर मेरो विश्‍वास देखाउँछु।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्